मनोनयन दर्तालगत्तै एमाले सचिव भट्ट जनताको समस्या बुझ्न बाढी डुबान बस्तिमा (फोटोफिचर)

अत्तरिया ! प्रतिनिधि सभामा आफ्नो उम्मेदवारी मनोनयन दर्ता सकिए लगत्तै एमाले सचिव एवं कैलाली क्षेत्र न.४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखराज भट्ट अविरल वर्षाका कारण डुबान परेको मालाखेती लगायतका बस्तिहरुमा पुग्नुभएको छ। सुदूरपश्चिमका सबै जिल्लाहरुमा केही दिन यता अविरल वर्षा भैरहेको छ। अविरल वर्षाका कारण कैलालीका धेरै ठाँउहरु डुबानमा छन् । नेता भट्टले उक्त डुबान बस्तिहरुमा पुगि जनताका पिरमार्काहरु बुझ्नुभएको छ। नेता भट्टले बाढीग्रस्त क्षेत्रमा जनधनको क्षति नहुन आफ्नो तर्फबाट रहनुपर्ने पुर्ण सहयोग रहने प्रतिबद्धता जनतासामु गर्नुभएको छ साथै जनताको जिउधन रक्षाका लागि गम्भीर हुन सरकारलाई पनि ध्यानाकर्षण गराउनु भएको छ।

नेता भट्टसँगै गोदावरी नगरपालिकाका पूर्वमेयर एवं क्षेत्र न.४ (२) बाट प्रदेशसभाका एमाले उम्मेदवार हरिसिंह साउँद लगायतका नेताहरु उक्त डुबानबस्तिमा पुग्नुभएको थियो।       

Leave a Reply

Your email address will not be published. Required fields are marked *