मेरो उम्मेदवारी क्षेत्र न. ४ को समृद्धि र सुशासनका लागि : एमाले सचिव भट्ट

धनगढी ! नेकपा (एमाले)का सचिव एवं कैलाली क्षेत्र न.४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले आफ्नो उम्मेदवारी क्षेत्र न.४ को समृद्धि र जनताको उन्नतिका लागि भएको बताउनु भएको छ। आज आफ्नो उम्मेदवारी मनोनयन दर्तापछि संचारकर्मीहरु सँग संक्षिप्त्त कुरा गर्दै नेता भट्टले आफुले लामो समयदेखि यस् क्षेत्रको विकास र सुशासनका लागि टेवा पुर्याउँदै आएको र अबका दिनमा पनि दृढ भएर जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेता भट्टले आफ्नो उम्मेदवारी यो क्षेत्रको विकासका लागि भएको उल्लेख गर्नुभयो। `मैले आफ्नो क्षमता अनुरुप सधैं काम गर्दै आएको छु,मेरो पहलमा यहाँ धेरै कामहरु भएका छन् र केही अधुरा योजनाहरु सफल पार्न र जनताको सुशासनको प्रत्याभूतिका लागि यहाँका मतदाताले मलाई जिताउन जरुरी छ।´- उहाँले भन्नुभयो। नेता भट्ट एमालेका सर्वसम्मत उम्मेदवार हुनुहुन्छ। अब उहाँको प्रतिस्पर्धा गठबन्धनका तर्फबाट काङ्ग्रेस नेता वीर बहादुर बलायरसँग हुने भएको छ। नेता बलायरको स्थायी बसोबास डोटी हो।डोटीमा गठबन्धनको तर्फबाट नेकपा एसका नेता प्रेम आलेले टिकट पाएपछि बलायर कैलाली – ४ मा झर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *