एमाले सचिव भट्टद्वारा कैलाली-४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता (फोटोफिचर)

धनगढी ! नेकपा(एमाले)को तर्फबाट कैलाली क्षेत्र न.४ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा एमाले सचिव लेखराज भट्टले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ। आज उहाँले क्षेत्र न.४ निर्वाचन कार्यालय अत्तरियामा गएर दिउँसो ३ बजे आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो। नेता भट्टको प्रस्तावकमा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य डिल्लिराज भट्ट हुनुहुन्छ भने समर्थकमा नेता सावित्रा देवी घिमिरे हुनुहुन्छ। त्यस्तै प्रदेशसभाका लागि पनि दुबै क्षेत्रमा एमालेका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ। प्रदेशसभा अन्तर्गत ४ (१ ) मा भीम देउवाले उम्मेदवारी दर्ता गर्नुभएको छ भने ४ (२) मा हरिसिङ साउँदले उम्मेदवारी दर्ता गर्नुभएको छ।

एमाले सचिव भट्टका प्रतिद्वन्दी भने काङ्ग्रेस नेता वीर बहादुर बलायर हुनुहुने भएको छ। उहाँले पनि आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ।                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *