एमाले नेता नारदमुनी रानाद्वारा कैलाली-५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता (फोटोफिचर)

धनगढी ! नेकपा(एमाले)को तर्फबाट कैलाली क्षेत्र न.५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नारदमुनी रानाले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ। आज क्षेत्र न.५ निर्वाचन कार्यालय धनगढीमा गएर दिउँसो २ बजे आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो। नेता रानाको प्रस्तावकमा एमाले नेता महेश्वर पाठक हुनुहुन्छ भने समर्थकमा नेता दिपक देवकोटा हुनुहुन्छ। त्यस्तै प्रदेशसभाका लागि पनि दुबै क्षेत्रमा एमालेका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ। प्रदेशसभा अन्तर्गत ५ (१ ) मा नेपालु चौधरीले उम्मेदवारी दर्ता गर्नुभएको छ भने ५ (२) मा दुर्गा जोशीले उम्मेदवारी दर्ता गर्नुभएको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *