एमालेबाट कैलाली – ५ प्रदेशसभाका यी प्रभावशाली उम्मेदवारहरु, जसले रच्दैछन् मंसिर ४ मा नयाँ इतिहास

धनगढी ! नेकपा एमालेले कैलाली क्षेत्र न.५ अन्तर्गत प्रदेशसभाका लागि प्रभावशाली व्यक्तित्वहरु चुनावी मैदानमा उतारेको छ। यस् क्षेत्रमा प्रदेश सभामा २ वटा सिट छन् ।

प्रदेशसभा अन्तर्गत (१) मा एमालेले यज्ञराज बास्तोलालाई उम्मेदवार बनाएको छ।नेता बास्तोला एमालेका पुराना नेता हुन् । उनी एमाले प्रदेश कमिटी सदस्यपनि हुन् ।अहिलेसम्म कुनै अवसर नपाएका उनलाई यो पटक भने पार्टीले प्रदेशको टिकट दिएको छ। सिनियर नेताको छविका साथै सादगी जीवन बिताएका उनी सर्वसाधारण जनतामा लोकप्रिय मानिन्छन। राजनीतिसंगै सामाजिक कामहरुमा क्रियाशिल बास्तोला एमालेका मात्र नभएर अन्य दलका समेत साझा उम्मेदवार बन्न सक्ने आवाज सुनिन थालेको छ। उक्त क्षेत्रको जनआवाज अनुरुप बास्तोलालाई एमालेले टिकट दिएको बुझिएको छ।

प्रदेशसभाका लागि (२) मा जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गा जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जोशी त्यस क्षेत्रको लोकप्रिय नेताका रुपमा गनिन्छन। समाजसेवीका रुपमा पनि परिचित जोशीले सेती अस्पतालको अध्यक्ष भएर विगतमा राम्रो काम गरेका छन् । उनले राजनीतिसंगै सामाजिक कामहरुमा हात हालेकाले त्यस क्षेत्रका जनतासंग अतिनै नजिक मानिन्छन् । एमालेबाट प्रदेशसभामा उम्मेदवार बनेका दुबै नेता यो पटकका लागि नयाँ अनुहार हुन् । एमालेले निर्वाचनमा आफ्नो विजय सुनिश्चित गर्न र गठबन्धनलाई काउन्टर दिन प्रभावशाली नेताहरु मैदानमा उतारेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *