यी हुन् एमालेबाट सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु

काठमाडौं । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवारहरु टुंग्याएको छ । आगामी मंसिर ४ मा हुने उक्त निर्वाचनका लागि एमालेले डडेलधुरामा वीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ । त्यस्तै केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको जानकारी गराइएको छ ।

एमालेमा बाजुरामा प्रतिनिधिसभा सदस्यमा कर्ण थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्नाले टिकट पाएका छन् । त्यस्तै स्रोतका अनुसार अछाम–१ मा झपट बोहोरा, अछाम–२ बाट यज्ञ बोगटी, बैतडीमा दामोदर भण्डारी र डोटीमा गौरी ओलीले टिकट पाएका छन् ।

यता कैलाली–१ मा तपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट तथा कैलाली ५ बाट नारदमुनि रानाले टिकट पाएका छन् । यसका साथै कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *