एमालेबाट कैलाली – ४ प्रतिनिधि सभामा पार्टी सचिव भट्ट ,प्रदेशमा साँउद र देउवा उम्मेदवार चयन

धनगढी ! नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाका लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ। एमालेले कैलाली क्षेत्र न.४ प्रतिनिधि सभामा केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई उम्मेदवार बनाएको छ भने प्रदेशसभा तर्फ हरिसिंह साँउद र भीम देउवालाई उम्मेदवार बनाएको छ।

प्रतिनिधि सभाका उम्मेदवार भट्ट एमालेका बलिया पात्र हुन् । उनी त्यस क्षेत्रका स्थानीय हुनुका साथै राजनीति पकड भएका ह्याबिवेट उम्मेदवारका रुपमा सधै चिनिन्छन। स्वच्छ राजनैतिक छवि भएका भट्ट   प्रतिनिधि सभामा आफ्नो जित सुनिश्चित देख्छन।त्यस्तै प्रदेशसभामा एमालेले पूर्व मेयरहरुलाई टिकट दिएको छ। हरिसिंह साँउद गोदावरी नगरपालिकाका पूर्वमेयर हुन् भने भीम देउवा गौरीगंगा नगरपालिकाका पूर्वमेयर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *