एमालेले कैलाली – ५ प्रतिनिधि सभामा राना ,प्रदेशसभामा बास्तोला र जोशीलाई बनायो उम्मेदवार

धनगढी ! नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा र प्रदेश सभाका लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ। पार्टी केन्द्रले आज साँझ प्रदेश मार्फत जिल्लाको उम्मेदवारहरु टुंगो लगाएको हो। एमालेले कैलाली क्षेत्र न.५ प्रतिनिधि सभामा निवर्तमान सांसद नारदमुनी रानालाई उम्मेदवार बनाएको छ भने प्रदेशसभा तर्फ (१) मा यज्ञराज बास्तोला र (२) मा दुर्गा जोशीलाई उम्मेदवार बनाएको छ।

प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका नारदमुनी राना एमालेका बलिया उम्मेदवार हुन् । उनले गत निर्वाचनमा प्रधानमन्त्री देउवा पत्नी आरजु राणालाई हराएका थिए। उनी पूर्व बन तथा बाताबरण मन्त्रीपनि हुन् । सरल जिवनशैली र मिजासिलो स्वभावका राना मतदातासँग अत्यन्त घुलमिल छन् । गत कार्यकालमा उनले ल्याएका उल्लेख्य बजेटहरुका कारण आफ्नो निर्वाचन क्षेत्रमा विकासको गतिले फड्को मारेकोले मतदाताले आफुलाई फेरि अत्याधिक मतले विजयी बनाउने उनको आकलन छ ।

त्यस्तै प्रदेशसभा (१) मा एमालेले यज्ञराज बास्तोलालाई उम्मेदवार बनाएको छ।नेता बास्तोला एमालेका पुराना नेता हुन् । अहिलेसम्म कुनै अवसर नपाएका उनलाई यो पटक भने पार्टीले प्रदेशको टिकट पक्का गरेको छ। सिनियर नेताको छविका साथै सादगी जीवन बिताएका उनी सर्वसाधारण जनतामा लोकप्रिय मानिन्छन। प्रदेशसभाका लागि (२) मा जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गा जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जोशी त्यस क्षेत्रको लोकप्रिय नेताका रुपमा गनिन्छन। एमालेबाट प्रदेशसभामा उम्मेदवार बनेका दुबै नेता यो पटकका लागि नयाँ अनुहार हुन् । एमालेले निर्वाचनमा आफ्नो विजय सुनिश्चित गर्न र गठबन्धनलाई काउन्टर दिन प्रभावशाली नेताहरु मैदानमा उतारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *