एमाले गोदावरी नगरकमिटीले आयोजना गर्‍यो बडा दशै , तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम

धनगढी ! नेकपा (एमाले) गोदावरी नगरकमिटीले बडा दशै , तिहार र छठ पर्वको अवसरमा आज शुक्रवार शुभकामना आदानप्रदान गरेको छ । अत्तरियाको नमस्ते होटेलको सभाहलमा आज शुभकामना आदानप्रदान गरिएको हो।
उक्त शुभ,आदानप्रदान कार्यक्रममा एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि रहनु भएको थियो।

गोदावरी नगरकमिटी का अध्यक्ष गोकर्ण भट्टको अध्यक्षतामा भैरहेको कार्यक्रमको संचालन नगरसचिव जीवन शाहले गर्नुभएको थियो। उक्त कार्यक्रममा नगरका पार्टी शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *