सरकारी बेवास्ताका कारण बारामा बस दुर्घटना भयो, घाइतेको उचित उपचार होस् : एमाले

काठमाडौं । नेकपा (एमाले)ले बारामा भएको बस दुर्घटनाका घाइतेहरूका लागि उचित उपचारको व्यवस्था गर्न माग गरेको छ ।

आज एक शोक वक्तव्यमार्फत एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले चाडबाडका बेला दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेकाले ठूलो मानवीय क्षति भएको बताएका छन् ।

“सडकलाई सुरक्षित बनाउन यस्ता दुखद् घटनाबाट पाठ सिक्दै आवश्यक काम गर्न हाम्रो पार्टी सरकारी निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ,” वक्तव्यमा भनिएको छ ।

आज जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *