‘को हो गठबन्धनको भावी प्रधानमन्त्री ? हामी जनमत सङ्ग्रह चाहन्छौं’ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनमा जनताले नीति मात्र होइन, नेता छान्न पाउनुपर्छ भन्ने मान्यताका साथ आगामी निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको वताउनुभएको छ ।
नेकपा (एमाले) कास्की जिल्ला कमिटीद्वारा पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले एमालेले आफ्नो भावी प्रधानमन्त्री र गठबन्धनले अगाडि सार्ने भावी प्रधानमन्त्रीबीच जनमत सङ्ग्रह चाहेको वताउनुभयो ।

महासचिव पोखरेलले गठबन्धनमा रहेका दलहरूलाई प्रश्न गर्नुभयो– को हो तपाईंहरूको निर्वाचनपछिको प्रधानमन्त्री ? शेरबहादुर देउवा ? हामी तपाईंहरूले अगाडि सार्ने भावी प्रधानमन्त्रीसँग हामीले अगाडि सारेका भावी प्रधानमन्त्रीबीच जनमत सङ्ग्रह चाहन्छौं ? कि निर्वाचनपछि प्रधानमन्त्रीका लागि गठबन्धनभित्रै झगडा र तमासा गर्ने विचारमा हुनुहुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *