एमालेको सचिवालय बैठक आज बस्दै : यस्ता छन् आजका छलफल हुने एजेन्डाहरु

काठमाडौं ! नेकपा(एमाले) को सचिवालय बैठक आज बिहीवार बस्दैछ। प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्नका निम्ति नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बस्ने जनाइएको छ। एमालेले आगामी १६ गतेभित्र प्रत्यक्ष निर्वाचनमा लड्ने उम्मेदवारहरु तय गर्ने जनाएको छ साथै समानुपातिकतर्फको पनि अन्तिम नामावली सम्बन्धमा केही छलफल हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *