मधेशमा एमालेको क्रेज बढ्यो : धमाधम भित्रिन थाले प्रभावशाली नेताहरु

काठमाडौं ! प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा हुनुहुन्छ । अध्यक्ष ओलीको मधेस दौडाहाका क्रममा उहाँले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहनु भएको छ।

पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका नेतालाई एमालेमा भित्र्याउन एमाले सफल भएको छ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा ओलीको बाक्लो आउजाउ भएको देखिन्छ । शनिबार नै धनुषाको तीन कौरियामा पुगेर अध्यक्ष ओलीले लोसपाका निवर्तमान सांसद एवं सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउनु भयो।

त्यसअघि, उहाँले लोसपा, जसपाका अन्य प्रभावशाली नेतालाई एमालेमा भित्र्याइसक्नु भएको छ। । हृदयेश त्रिपाठीको तत्कालीन ‘स्वतन्त्र राजनीतिक समूह’बाट सांसद भएका वृजेशकुमार गुप्ता, जसपाका सांसदद्वय अमृता अग्रहरी र रुही नाज एमाले प्रवेश गरिसकेको एमाले स्थायी कमिटीका सदस्य प्रभु साहले बताउनुभयो। अध्यक्ष ओलीसँगै साहसमेत मधेसवादी दलका नेतालाई एमालेमा भित्र्याउने आन्तरिक रणनीति तय गरिरहेको देखिएको छ। मधेशमा एमाले सक्कियो भन्नेहरुका लागि यो अभियानले दह्रो जवाफ दिएकोपनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *