एमालेले गरायो समानुपातिक उम्मेदवारहरुको बन्दसूचि दर्ता

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचि निर्वाचन आयोगमा दर्ता गराएको छ ।
नेकपा (एमाले) ले प्रतिनिधि सभाका लागि ११० र प्रदेशसभाका लागि २२० (समानुपातिकतर्फका सबै) उम्मेदवारको बन्दसूचि दर्ता गराएको छ ।
पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले निर्वाचन आयोगमा बन्दसूचि दर्ता गराएको हो ।
पार्टीको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेदवारहरूका बारेमा निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *