एमालेले निर्वाचन आयोगमा आफ्ना समानुपातिक उम्मेदवारहरुको बन्दसूची आज पेश गर्दै

काठमाडौं ! नेकपा एमालेके  प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणालीतर्फ आज सोमबार उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगलाई आज पेश गर्दैछ । मंसिर ४ गते तय भएको निर्वाचनका लागि शनिबार रातिबाट प्रतिनिधि तथा प्रदेश सभाको पाँच वर्षे कार्यकाल समाप्त भएसँगै नेपाल नयाँ निर्वाचन प्रक्रियामा गएको हो।

एमालेले समानुपातिक उम्मेदवारको सूचि हिजो नै टुंगो लगाइसकेको छ। आज दिउँसो उसले निर्वाचन आयोगमा पुगि पेश गर्नेछ।

निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेश गर्न समय दिएको थियो। एमालेसंगै अन्य प्रमुख दलले पनि आजै बन्दसूची पेश गर्ने तालिका रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *