एमाले सचिवालय बैठकले टुंगो लगायो समानुपातिक उम्मेदवारहरु : उम्मेदवारहरुको चयन संख्या यस्तो छ

काठमाडौं ! नेकपा एमालेको आज सम्पन्न सचिवालय बैठकले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार टुंग्याएको छ।

आज आइतबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले ११० जना उम्मेदवारको नाम टुंगो लगाएको उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले संचारकर्मीहरुलाई जानकारी दिनुभयो।

२७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ।
एमालेले टुंगो लगाएको सूचीमा ५७ जना महिला रहेको गुरुङले जानकारी दिनुभयो। आदिवासी जनजातितर्फ ३२ जना , त्यसमा १६जना महिला र १६ जना पुरुष, खस आर्यतर्फ ३४ जनामा ,१७ जना महिला र १७ जना पुरुष, थारुतर्फ ७ जना ४ महिला र ३ पुरुष, दलिततर्फ १५ जना ८ महिला र ७ पुरुष, मधेसीतर्फ १७ जना ९ महिला र ८ पुरुष, मुस्लिमतर्फ ५ जना ३ महिला र २ पुरुष गरेर महिला ५७ जना हुने गरेर ११० जना समानुपातिक तर्फको उम्मेदवारहरुको नाम तयार गरेको उहाँले जानकारी दिनुभयो।
सोमबार एमालेले निर्वाचन आयोगमा सुची बुझाउने गुरुङ को भनाइ छ । आयोगले आइतबार र सोमबार समानुपातिकको सूची बुझाउने कार्यसूची तय गरेको छ,सोही अनुरुप एमालेले भोलि आफ्नो बन्दसुची निर्वाचन आयोगमा बुझाउंदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *