समानुपातिक उम्मेदवारहरुको नाम टुंगो लगाउन एमालेको सचिवालय बैठक आज ११ बजे बस्दै

काठमाडौं ! आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरु तय गर्न आजपनि एमालेको सचिवालय बैठक बस्दैछ। हिजोबाट सुरुभएको बैठकले यसका केही मापदण्डहरु तय गरेको थियो। हिजोको बैठकमा अध्यक्ष ओलीले समानुपातिक प्रणालीको संवैधानिक व्यवस्था,आरक्षणको ढाँचा, समावेशीताको मर्म आदि विषयमा बैठकमा ब्रिफिङ गर्नुभएको जनाइएको छ । व्यक्तिका विषयमा आजको बैठकमा छलफल हुने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

आज समानुपातिक उम्मेदवारको टुंगो लगाएपछि एमालेले भोलि निर्वाचन आयोगमा आफ्नो पार्टीका उम्मेदवारहरुको बन्दसुची पेस गर्ने जनाइएको छ। बैठक आज ११ बजे अध्यक्ष ओलीको निजि निवास बालकोटमा बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *