समानुपातिक उम्मेदवारको टुंगो लगाउन एमालेको सचिवालय बैठक भोलिपनि बस्दै : आज भए यस्ता छलफल

काठमाडौं ! नेकपा एमालेको आज बसेको सचिवालय बैठक समानुपातिक सांसद छनौटको मापदण्डबारे छलफल गर्दै सकिएको छ। बैठकमा अध्यक्ष ओलीले समानुपातिक प्रणालीको संवैधानिक व्यवस्था,आरक्षणको ढाँचा, समावेशीताको मर्म आदि विषयमा बैठकमा ब्रिफिङ गर्नुभएको जनाइएको छ । व्यक्तिका विषयमा भोलीको बैठकमा छलफल हुने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार भोली ११ बजे बालकोटमै बैठक बसेर समानुातिकको नामावली टुंगो लगाइनेछ ।
निर्वाचन आयोगले दलहरुलाई असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसुची पेश गर्न निर्देशन दिएको छ। एमालेले भोलीको बैठकबाट नामहरु टुंगो लगाएर बन्दसुचिमा पेश गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *