कैलाली ! आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेशमा २ जना महिना नेतृले प्रत्यक्ष चुनाब लड्ने योजना बनाएका छन् । एमालेका यी दुई प्रभावशाली नेतृहरु निरुदेवी पाल र कमला ओली हुन् ।
नेतृ पालले कंचनपुर क्षेत्र न.३ र नेतृ ओलीले कैलाली क्षेत्र न.२ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन लड्ने आकांक्षा देखाएका हुन् । नेतृ पाल ०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिक सांसद हुन् भने नेतृ ओली राष्ट्रियसभाकी निवर्तमान सांसद हुन् । एमालेको राजनितिमा दुई अब्बल यी महिला नेतृहरुको टिकटका लागि भुगोलबाट नाम भने सर्वसम्मत सिफारिस भएको छैन। कंचनपुर-३ बाट निरुदेवी पालसंगै दिपक प्रकाश भट्ट पनि सिफारिस छन् भने कैलाली-२ बाट कमला ओलीसंगै वर्तमान सांसद झपट रावल र नेता सुर्यबहादुर थापा छन् ।
राजनीतिसंगै सामाजिक सेवाहरुमा पनि अब्बल देखिएका यी दुई आटिला नेतृहरुको उम्मेदवार बन्ने भाग्य र भबिस्यको निर्धारण भने अब एमालेको केन्द्रले गर्नेछ। पार्टीले बिश्वास गरेर आफुहरुलाई उम्मेदवार बनाए एतिहासिक जित निकाल्न आफुहरु तम्तयार रहेको उनीहरुको प्रतिक्रिया छ। एमाले सुदूरपश्चिमबाट प्रत्यक्षमा निर्वाचनमा लड्ने दरिलो आकांक्षा देखाएर सिफारिस भएका सम्भवतः यी दुई नेतृ मात्र हुन् ।