एमाले सुदूरपश्चिमले भन्यो – अछामको पहिरो प्रभावित जनताको उद्वार, राहत र उचित व्यवस्थापनमा सबै जुटौं

काठमाडौ ! शुक्रबारबाट अविरल रुपमा परेको वर्षाका कारण सुदूरपश्चिम प्रदेश अन्तर्गत अछाम जिल्लाको विभिन्न ठाउँहरुमा पहिरो गई हालसम्म १७ जनाको ज्यान जानुका साथै ६ जना अझै बेपत्ता भएका छन् सोही घटनालाई लिएर आफ्नो प्रदेशमा विपत्ति परेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले उक्त विपत्तिमा सबै एकजुट हुन विशेष अपिल सहित प्रेस विज्ञप्ती जारी गरेको छ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्ती मार्फत सरकारलाई विपत प्रभावित क्षेत्रहरुमा बेपत्ताहरुको उद्दार तथा खोजी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन,घाइतेहरुको उपचारको उचित व्यवस्था गर्न,प्रभावितलाई उचित राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न विशेष माग गरेको छ। साथै विपत प्रभावित क्षेत्रहरुको बेपत्ताको खोजी एवं उद्दार एवं प्रभावितका लागि राहत कार्यमा सहयोग पुर्याउन आफ्नो पार्टी कमिटी मातहतलाई निर्देशन गरेको छ। उक्त प्रेस विज्ञप्ती मार्फत कमिटीले पहिरोका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ। कमिटीले जारी गरेको विज्ञप्ती यस्तो छ:-       

Leave a Reply

Your email address will not be published. Required fields are marked *