समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं ! समानुपातिक उम्मेद्वारहरुको नाम टुंगो लगाउन एमालेको सचिवालय बैठक आज ४ बजे बस्दैछ। दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठक ४ बजेका लागि सारिएको हो । आन्तरिक तयारी पुरा नभएकोले बैठकलाई तीन घण्टा पछि सारिएको एमाले स्रोतले जानकारी दिएको छ ।

केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यलयमा १ बजे बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने ४ बजे बस्नेछ । आजको बैठकले समानुपातिक उम्मेदवारहरुको नाम टुंगो लगाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *