एमालेको विशाल पदयात्रा र जनसहभागिताको सन्देश : अब देश एमालेको पछि हिड्छ

काठमाडौं : नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज उपत्यकामा वाकाथन (पदयात्रा) जारी रहेको छ। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू भएको हो।

‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको  संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा ‘वाकाथन’ कार्यक्रम गरेको हो । संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीलले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली शहिदगेटबाट उक्त र्यालीमा सहभागी हुनुभएको थियो भने अन्य नेताहरु विभिन्न ठाउँबाट र्यालिको नेतृत्व गर्दै बसन्तपुर पुग्नुभएको हो।

उक्त वाकथन र जनसहभागिताले जनताहरु एमालेकै साथ छन् भन्ने सन्देशपनि दिएको छ। स्फुर्त रुपले भएको जनसहभागिताको अर्थ अब देश एमालेको पछि हिड्छ भन्ने सन्देश दिएको उक्त कार्यक्रममा सहभागीहरुले बताएका छन् ।वर्तमान सत्ता गठबन्धनको लुछाचुडी र अनियमितताले वाक्क भएका जनतालाई एमालेले मात्र न्याय दिलाउन सक्छ,देशको सार्वभौमसत्ताको लागि आवाज उठाई वैदेशिक हस्तक्षेप विरुद्ध लड्ने पार्टी केपी ओलीको नेतृत्वमा रहेको एमाले मात्र हो भन्ने सन्देश उक्त जनसहभागिताले दिएको छ। बसन्तपुरको उक्त विशाल परिसरमा खचाखच जनसहभागितासँगै एमालेले आयोजना गरेको उक्त वाकथुन सभामा परिणत हुँदै समापन भएको थियो। उक्त अवसरका अध्यक्ष ओलीले उपस्थित जनतालाई देश र जनताको पक्षमा लड्ने एमालेको अभियानलाई मंसिर ४ को निर्वाचनमा मत दिई साथ दिन अपिल गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *