देशको झण्डा फहराउँदै काठमाडौंमा एमालेले यसरी मनायो पदयात्रा (तस्बिर सहित)

काठमाडौं : नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज उपत्यकामा वाकथन (पदयात्रा) जारी रहेको छ। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू भएको हो।

‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको  संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा ‘वाकथन’ कार्यक्रम गरेको हो । संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीलले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली शहिदगेटबाट उक्त र्यालीमा सहभागी हुनुभएको थियो भने अन्य नेताहरु विभिन्न ठाउँबाट र्यालिको नेतृत्व गर्दै बसन्तपुर पुग्नुभएको हो। बसन्तपुरमा पुगेको भेलालाई अध्यक्ष ओलीले सम्बोधन गरेर समाप्त भएको छ।                                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *