समानुपातिक उम्मेदवारको बन्दसुची तय गर्न एमालेको सचिवालय बैठक भोलि बस्दै

काठमाडौं ! आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवार छान्न नेकपा एमालेले पार्टीको सचिवालय बैठक आह्वान गरेको छ । एमालेले भोलि असोज १ गते शनिवार दिउँसो १ बजे बैठक बस्नेगरी केन्द्रीय सचिवालय बैठक बोलाएको हो ।

निर्वाचन आयोगको निर्णयानुसार असोज २ र ३ गते राजनैतिक दलले आ-आफ्नो पार्टीको तर्फबाट समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगलाई बुझाउनु पर्नेहुन्छ। सोही अनुरुप समानुपातिकतर्फको बन्दसुचिमा समावेश हुने नामहरु टुंगो लगाउन भोलीको सचिवालय बैठक बस्न लागेको हो। भोलिको बैठकमा प्रत्यक्षतर्फका सिफारिस उम्मेदवारहरु बारे छलफल भएपनि समानुपातिकतर्फ बारे मात्र टुंगो लाग्ने एमाले स्रोतले बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *