एमाले अध्यक्षद्वारा प्रतिनिधिसभा सांसदलाई बिदाइ सम्बोधन : मंसिर ४ को निर्वाचनमा होमिन निर्देशन

काठमाडौं ! नेकपा एमालेले आफ्नो पार्टीका सांसदहरूलाई बिदाइ गरेको छ । १ असोजदेखि संसदको पाँच वर्षे कार्यकाल सकिँदैछ । त्यसकै पूर्वसन्ध्यामा शुक्रबार एमालेले प्रतिनिधिसभामा रहेका आफ्ना सांसदहरूलाई बिदाइ गरेको हो ।

संसद भवन नयाँ बानेश्वरमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीलाई जिताउने गरी जिल्लामा खटिन निर्देशन दिनुभएको छ।

संसदमा सांसदहरूले निभाएको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष ओलीले चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन सबै शक्ति लगाउन पनि निर्देशन दिनुभयो । पाँच वर्षे कार्यकालको अन्तिम संसदीय दलको बैठकमा अध्यक्ष ओलीले मात्रै सम्बोधन गर्नुभएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *