काठमाडौं ! नेकपा(एमाले)सुदुरपश्चिम प्रदेश मातहतका सबै जिल्लाहरुका वडा र पालिकाहरुको अधिवेसन कार्तिक १२ र १५ गते हुने भएको छ।
कार्तिक ६ र ९ गतेलाई प्रस्तावित ती अधिवेसनहरु गत आइतबार देखि परेको अविरल वर्षाका कारण भएको बाढी पहिरोको वितण्डाले प्रदेशभरी ठूलो जनधनको क्षति भएका कारण अधिवेसन पर सरेको हो।
प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापा र सचिव राजेन्द्र रावलद्रारा हस्ताक्षरित विज्ञप्तिमा सबै जिल्ला कमिटिहरुलाई निर्देशन गरेको छ।नेकपा(एमाले)ले यहि ६ र ९ गते देशभरी वडा र पालिकाहरुको अधिवेसन गर्ने कार्यक्रम रहेको छ।बाढिका कारण प्रभाव/समस्या नपरेका जिल्लाहरूमा उल्लेखित मितिमै अधिवेसन हुने जनाइएको छ। 
