समृद्ध देश बनाउने सामर्थ्य एमालेसँग मात्रै छ : महासचिव पोखरेल

काठमाडौं ! नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउने सामर्थ्य र सङ्कल्प एमालेसँग मात्रै भएको बताउनु भएको छ। दुई महिने निर्वाचन अभियानको सोमबार नेपालगञ्जस्थित पार्टी कार्यालयमा  उद्घाटन गर्दै महासचिव पोखरेलले  ‘एमाले नेतृत्वको सरकारले गरेका कामहरू जनता माझ लिएर जान आम नेता कार्यकर्ताहरुलाई निर्देशन गर्नुभयो । विकास र समृद्धिको काम गर्नेलाई जनताले पक्कै अवसर दिनेछन् ।’ महासचिव पोखरेलले भन्नुभयो।

गठबन्धनबाट देश बन्दैन भन्ने निश्चित भइसकेको भन्दै देश बनाउने पार्टी एमाले मात्रै हो भन्ने सन्देश जनतामाझ पुगेको छ उहाँले उल्लेख गर्नुभयो।

महासचिव पोखरेलले आगामी निर्वाचन कुनै एक व्यक्तिको हार र जित भन्दा पनि देशको भाग्य र भविष्यसँग जोडिएको बताउनुभयो ।

एमाले नेतृत्वको सरकारले विकास निर्माणमा तराई–मधेसलाई उच्च प्राथमिकता दिएको वताउँदै  देशको रणनीतिक पूर्वाधारको क्षेत्रमा क्रान्ति नै भएको  पोखरेलले दावि गर्नुभयो।

महासचिव शंकर पोखरेलले लुम्विनी प्रदेशको एकमात्र विश्वविद्यालय एमाले नेतृत्वको प्रदेश सरकारले बाँकेबासीलाई उपहार दिएको समेत उनले उल्लेख गर्नुभयो । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिकाका नेपाली काँग्रेसका प्रभावशाली नेता जाकिर खाँ, डा गौरांग प्रतिक लगायतका व्यक्तिहरूलाई महासचिव पोखरेलले एमालेमा प्रवेश गराउनुभयो। कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य जिल्ला पदाधिकारी प्रदेश कमिटी पालिका कमिटी लगाएतको सहभागिता रहेको थियो । गृहप्रदेशको भ्रमण सकेर महासचिव पोखरेल मंगलबार काठमाडौं फर्किंदै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *