कैलाली ३ प्रदेश (ख) मा एमालेबाट कृष्णप्रसाद मिश्र उम्मेदवारमा सिफारिस

काठमाडौं ! नेकपा (एमाले) बाट कैलाली क्षेत्र नं. ३ को प्रदेश (ख) मा कृष्णप्रसाद मिश्र सिफारिस भएका छन् । पार्टीको नगर कमिटीको बैठकले उनलाई प्रदेश सभामा सिफारिस गरेको हो ।

लामो समय देखि राजनितीमा सक्रिय मिश्र घोडाघोडीका पुराना र जेष्ठ राजनितिज्ञ हुन् । २०३५ साल देखि सक्रिय राजनिती सुरु गरेका उनि हाल नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य रहेका छन् ।

मिश्र सँगै प्रदेश सदस्यमा जयनारायण जोशी, विष्णु चौधरी र मनराज शाही सिफारिस भएका छन् । यस्तै समानुपातिकमा लक्ष्मी चौधरी र चन्द्रिका चौधरी सिफारिस भएको एमाले घोडाघोडी नगरकमिटीले जनाएको छ । क्षेत्रीय समन्वय समितिबाट सिफारिस भएको उम्मेदवारी जिल्ला,प्रदेश हुँदै केन्द्रमा पुगिसकेको छ। अब प्रदेशबाट समेत सिफारिस सबै उपर केन्द्रले छलफल गरेर उम्मेदवारको छिनोफानो गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *