आगामी मंसिर ४ को निर्वाचन पछि एमालेको नेतृत्वमा सरकार बन्छ : पूर्वमन्त्री बस्नेत

काठमाडौं । नेकपा (एमाले)पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्नुभएको छ। आज शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ, नेपाल बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले उक्त कुरा बताउनु भएको हो।

नेता बस्नेतले भन्नुभयो, ‘मंसिर ४ गते पछाडि नेकपा (एमाले) फेरि सरकारमा आउँदैछ । त्यतिखेर अपराधि र फटाहाहरुलाई एमालेले तह लगाउनेछ । एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ । र, त्यस काममा युवा संघ, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’

उहाँले वर्तमान गठबन्धन सरकारले गरेका ज्याजतिहरुको युवाहरुले भण्डारफोर गर्नुपर्ने र जनतालाई सुसूचित पार्नुपर्ने उल्लेख गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *