निर्वाचनका लागि जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल गर्न सकिन्छ : महासचिव पोखरेल

काठमाडौं ! नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल गर्न सकिने प्रष्ट्याउनु भएको छ । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सोकुरा बताउनु भएको हो। राजनीतिक रुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाउँमा मात्र तालमेल हुने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन ।’ उहाँले एमाले नीतिका आधारमा जनतामाझ जाने बताउनुभयो। एमालेले आफ्नो नीति अगाडि सारेर हिड्दा जनताले त्यसलाई अनुमोदन गर्नेपनि ठोकुवा गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *