काठमाडौं ! नेकपा एमालेले निर्वाचन क्षेत्र हुँदै जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा उम्मेदवारहरुको नामलिष्ट पठाएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।
बिहीबार बेलुकासम्ममा सबै प्रदेशबाट सिफारिस नामहरु केन्द्रमा आइसकेको एमाले स्रोतले जनायो। अब ती उम्मेदवारहरु उपर केन्द्रले छनबिन गरि उपयुक्त पात्रलाई संबंधित ठाउँका लागि उम्मेदवार तय गर्छ,स्रोतले भन्यो।
एमालेले भदौ २२ भित्र प्रदेशहरूलाई उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । एमाले नेताहरुका अनुसार प्रदेशबाट आएका नाममा प्रदेश कमिटीका इन्चार्जसहित सरोकारवालासँग छलफल सकिएर केन्द्रमा नाम सिफारिस गरिएको छ। अब केहिदिनको अनौपचारिक छलफल र परामर्श पछि केन्द्रीय सचिवालय बैठक बसेर उक्त नामहरुको टुंगो लगाउने एमाले स्रोतले बतायो।