एमाले सचिव अर्याल स्याङ्जा – २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस

काठमाडौं ! प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट एमाले सचिव एवं गण्डकी इन्चार्ज पद्मा अर्याल सिफारिस हुनुभएको छ। उक्त क्षेत्रबाट सचिव अर्यालसँगै तीन जनाको नाम सिफारिस भएको छ ।

नेकपा एमाले स्याङ्जाका जिल्ला सचिव राजेन्द्र डुम्रेका अनुसार प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट सचिव पद्मा अर्याल, किशोर विक्रम मल्ल र मोहन रेग्मी सिफारिस हुनुभएको छ ।

त्यसैगरी समानुपातिकतर्फ चक्रबहादुर पराजुली, मुक्ति पाठक र कुल बहादुर विक सिफारिस हुनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *