एमाले नेता बोहरा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस : देउवासँग भिडन्त पक्का

धनगढी ! आसन्न मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट डडेल्धुरामा पठानसिंह बोहरा सर्वसम्मत सिफारिस हुनुभएको छ। सुदूरपश्चिम प्रदेशका पूर्व भौतिकमन्त्री समेत रहनुभएका बोहरा नेकपा एमालेका केन्द्रीय सदस्य एवं डडेल्धुरा इन्चार्ज हुनुहुन्छ।

अब नेता बोहराले प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेर बहादुर देउवासँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *