काठमाडौं ! आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट भक्तपुर जिल्ला क्षेत्र नं २ अन्तरगत पार्टी पोलिटब्यूरो सदस्य महेश बस्नेत सर्वसम्मत सिफारिस हुनु भएको छ।
क्षेत्र न. २ प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटीले नेता बस्नेतलाई एकल रुपमा सर्वसम्मत सिफारिस गरेको हो। नेता बस्नेत गत निर्वाचनमा पनि यहि क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ ।