नेता सिलवाल ललितपुर-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस

काठमाडौं ! आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनको लागि ललितपुर क्षेत्र न.१ बाट एमालेले नेता नवराज सिलवाललाई एकल सर्वसम्मत सिफारिस गरेको छ। नेता सिलवाल हाल पनि त्यस क्षेत्रको संघिय सांसद हुनुहुन्छ।

पार्टीको प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटीको बैठकले उहाँलाई प्रतिनिधि सभा उम्मेदवारका लागि एकल सिफारिस गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *