पूर्वमन्त्री गणेशसिंह ठगुन्ना दार्चुलाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस

धनगढी ! नेकपा (एमाले) दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभामा प्रतक्षतर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको नेकपा (एमाले) दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो ।

२०७० सालमा नेपाली कांग्रेशका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा नेपाली कांग्रेसकै बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसपटक पाँच दलिय गठबन्धनका उम्मेदवारलाई कम्तिमा पाँच हजार मतान्तरले हराउदै दार्चुलामा एमालेको विजय हुने नेता ठगुन्नाको दाबी छ । यस्तै एमाले दार्चुलाबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ जेहेन्द्रसिंह ऐतवाल, दुर्गा धामी, विमला दमाई, ज्ञानेन्द्र घर्ती र नगेन्द्र तिकंरी सिफारिस भएका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार को हुने भन्ने अहिलेसम्म टुगों लाग्न नसकेको नेताहरुले बताएका छन् । दार्चुलामा गठबन्धनबाट कांग्रेश र माओबादी दुबैको प्रतिनिधिसभामा दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *