एमाले कैलाली : निर्वाचन क्षेत्र न.५(१)बाट ६ जना उम्मेदवारको नाम सिफारिस

धनगढी ! कैलाली जिल्लाको निर्वाचन क्षेत्र न.५ अन्तरगतको प्रदेशसभा(१)को लागि नेकपा एमालेबाट ६ जनाको नाम सिफारिस गरिएको छ। एमाले प्रदेशसभा क्षेत्रीय समन्वय समितिले आज आह्वान गरे अनुरुप ६ जना नेताहरुले आफ्नो उम्मेदवारी आकांक्षा जनाए अनुरुप उक्त समन्वय कमिटीले उहाँहरुलाई सिफारिस गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका सचिव कमल सिं रानाले बताउनुभयो।

आज सिफारिस हुनेहरुमा नेपालु चौधरी,यज्ञराज बास्तोला,राजेश कु.खाती,बिष्णु चन्द,सिताराम बुढाथोकी,तुलसी गौतम रहनुभएको छ। उक्त सिफारिस नामहरु अब जिल्ला कमिटीमा पुग्नेछ र जिल्ला कमिटीको आवश्यक बैठक बसि प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पेश गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *