एमाले उपाध्यक्ष नेम्वाङ इलाम-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस

काठमाडौं ! नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभाको निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट सिफारिस हुनुभएको छ।

नेकपा एमाले इलाम क्षेत्र-२ क्षेत्रिय कमिटीको आजको बैठकले एकल उम्मेदवारको रुपमा उपाध्यक्ष नेम्वाङको नाम सिफारिस गरेको हो।

२०५६ सालबाट इलाम क्षेत्र-२ मा जित्दै आएका नेम्वाङले २०६४ र २०७० मा संविधानसभा अध्यक्षको पद समेत सम्हालिसक्नुभएको छ ।

२०५६ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङलाई पराजित गरेका नेम्वाङले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई हराउँदै नेम्वाङले इलाम क्षेत्र नं २ मा ह्रयाट्रिक गर्नुभएको थियो। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङले नेपाली कांग्रेसका केशव थापालाई दोश्रो पटक पराजित गर्नुभयो ।

नेम्वाङले ३६ हजार ५१७ मत ल्याएका थिए भने थापाको २६ हजार ८६५ मत आएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *