चितवन-१ बाट एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवारमा गर्‍यो पाण्डे र थपलियालाई सिफारिस

काठमाडौं ! चितवन क्षेत्र नम्बर १ बाट एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेसँगै केन्द्रीय सदस्य जगन्नाथ थपलियाले पनि प्रतिनिधि सभा सांसदको उम्मेदवारका लागि आवेदन दिनुभएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफू एकल सिफारिस हुन खोजेपनि नेता थपलियाले आफू पुरानो नेता भएको र यहाँका जनताको चाहना अब आफू अघि बढ्नु रहेकोले आफ्नो दावी प्रस्तुत गर्नुभएको हो। क्षेत्रीय समन्वय कमिटीको शुक्रबारको विस्तारित बैठकबाट हिजो शुक्रबार दुवैजनाको नाम सिफारिस भएको छ । बैठकमा पाण्डे र थपलिया दुवै नेता सहभागी हुनुहुन्थ्यो ।

एमाले केन्द्रीय सदस्य तथा शिक्षा विभाग उपप्रमुख थपलिया चितवन जिल्ला विकास समितिका पूर्व उपसभापति हुनुहुन्छ। एमाले चितवनका पूर्व अध्यक्ष समेत रहनुभएका थपलिया स्थानीय जनतामा लोकप्रिय हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *