एमाले बैतडीले गर्‍यो दामोदर भण्डारीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस

काठमाडौं ! बैतडीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि एमाले सुदूरपश्चिम अध्यक्ष एवं वर्तमान सांसद दामोदर भण्डारीको नाम सर्वसम्मत सिफारिस भएको छ। नेता भण्डारीको नाम सर्वसम्मत सिफारिस भएको एमाले बैतडीले जनाएको छ।

यसैगरी प्रदेशसभाका लाई क र ख बाट पनि उम्मेदवारहरु सर्वसम्मत सिफारिस भएको जनाइएको छ। यसरी जिल्लाबाट सिफारिस भएको नामहरु अब प्रदेश कमिटीमा छलफल भएर आवस्यक राय सुझाब सहित केन्द्रीय कमिटीमा पेश हुनेछ र केन्द्रीय कमिटी बैठकबाट उम्मेदवारहरुको अन्तिम टुंगो लाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *