एमाले महासचिव पोखरेल आज दार्चुला जानूहुँदै

धनगढी ! नेकपा(एमाले) का महासचिव शंकर पोखरेल आज दार्चुला जाँदै हुनुहुन्छ। एमाले दार्चुलाको आयोजनामा हुन लागेको अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ दार्चुला पुग्न लाग्नु भएको हो। उहाँसँगै एमाले सचिव लेखराज भट्टपनि उक्त कार्यक्रममा सहभागी हुनुहुनेछ।

महासचिव पोखरेल हिजो बैतडीमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुन्थ्यो भने आज दार्चुला जानुभएको हो। आजको कार्यक्रम सकेर उहाँ फेरि भोलि एमाले डडेल्धुराले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा सहभागी हुन डडेल्धुरा जानूहुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *