एमाले कैलालीले रतन थापालाई गर्‍यो साधारण सदस्य समेत नरहनेगरि कारबाही

धनगढी ! नेकपा (एमाले)कैलालीले जिल्ला पूर्व अध्यक्ष समेत रहेका रतन थापालाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ। आज कार्यवाहक अध्यक्ष दुर्गा जोशीद्वारा हस्ताक्षरित बिज्ञप्ति अनुरुप निज थापाले पार्टीको विधान विपरीत क्रियाकलाप गरेकोले साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको जनाएको छ।

उनीसँगै टीका थापा,तुला थापा,धरम थापा,दुजराम चौधरी र पुर्ण साउँदलाई समेत साधारण सदस्य समेत नहुनेगरि कारबाही गरेको जनाएको छ। नेता थापा सहितका नेताहरु आजै दिउँसो नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए।                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *