बैतडीमा माओवादीबाट मेयरका प्रत्यासी लगायत नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! नेकपा माओवादी केन्द्र बैतडीका  नेता प्रेम थापा एमाले प्रवेश गर्नुभएको छ । आज बिहीवार बैतडीको पाटनमा आयोजित नेकपा एमालेको भेला तथा प्रशिक्षण कार्यक्रममा स्थानीय तहको निर्वाचनमा दशरथचन्द नगरपालिकामा मेयर पदका उम्मेदवार समेत रहेका माओवादी नेता थापा एमालेमा प्रवेश गर्नुभएको हो ।

यस्तै उहाँसँगै उक्त कार्यक्रमबाट नेकपा एसका दोगडाकेदार पालिका उपाध्यक्ष बेदप्रकाश जोशी, नेकपा एसका शिक्षक संगठनका जिल्ला अध्यक्ष त्रिभुवन रावल, , जिल्ला कमिटी सदस्य लोकराज  भटट्, माओवादीका  नेता जगन्नाथ  जोशी लगायत ६० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको एमाले बैतडीले जनाएको छ।

नवप्रवेशीहरुलाई एमाले महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्टले पार्टीमा खादा र टीका लगाएर स्वागत गर्नुभएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *