एमाले महासचिव पोखरेल र सचिव भट्ट बैतडीमा : अगुवा कार्यकर्तालाई सम्बोधन गर्नुहुने

धनगढी ! नेकपा(एमाले) का महासचिव शंकर पोखरेल सुदूरपश्चिम प्रदेशको जिल्ला बैतडी पुग्नुभएको छ। एमाले बैतडीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ आज बैतडी पुग्नुभएको हो। बिहान काठमाडौंबाट धनगढी अवतरण गरि स्थलमार्गबाट उहाँ बैतडी पुग्नुभएको हो। आज बिहान धनगढी विमानस्थलमा उहाँको भब्य स्वागत भएको थियो।

महासचिव पोखरेल आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर उक्त कार्यक्रममा पुग्नुभएको हो। महासचिव पोखरेलसँगै एमाले सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट पनि बैतडी उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा पुग्नुभएको छ। उक्त कार्यक्रममा बैतडीका अन्य केन्द्रीय नेताहरुका साथै एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं बैतडीबाट प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी पनि उक्त कार्यक्रममा सहभागी हुनुहुन्छ।

महासचिव पोखरेल र सचिव भट्ट आजको बैतडी कार्यक्रम सकेर भोलि एमाले दार्चुलाको आयोजनामा हुने अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षणमा सहभागी हुन दार्चुला पुग्नुहुनेछ। उहाँहरु भोलि दार्चुलाको कार्यक्रम सकेर पर्सि धनगढी फर्किने कार्यक्रम रहेको जनाइएको छ।                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *