एमाले महासचिव पोखरेल भोलि धनगढीमा : एमाले बैतडी र दार्चुलाको प्रशिक्षण कार्यक्रममा जाने

धनगढी ! एमाले महासचिव शंकर पोखरेल भोलि धनगढी आउँदै हुनुहुन्छ। एमाले बैतडी जिल्ला कमिटी र दार्चुला जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन उक्त जिल्लाहरु जान भोलि धनगढी विमानस्थल आउनु हुने भएको हो। महासचिव पोखरेल काठमाडौंबाट धनगढीको पहिलो उडान मार्फत धनगढी आउनु हुने र धनगढीको केही घण्टा बसाइपछि बैतडी प्रस्थान गर्नुहुने जनाइएको छ।

एमाले बैतडीले भोलि र दार्चुलाले पर्सि १७ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *