एमाले अध्यक्ष ओली भोलि सुदूरपश्चिम आउँदै : संघिय सांसद सहित दुई हजार बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने

धनगढी ! नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भोलि सुदूरपश्चिम आउनु हुने भएको छ। एमाले कैलाली र कंचनपुरको संयुक्त आयोजनामा कंचनपुरको महेन्द्रनगरमा आयोजना हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु प्रवेश गराउन भोलि महेन्द्रनगर आउँदै हुनुहुन्छ।

महेन्द्रनगरको स्मारक चोकमा दिउँसो १:०० बजे आयोजना हुने उक्त कार्यक्रममा नेकपा एसका प्रभावशाली नेताहरु पुरानो घर एमालेमा फर्किने कार्यक्रम रहेको छ। नेकपा एसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी,नेकपा एसका प्रदेश अध्यक्ष बिक्रम शाही, नेता एवं प्रदेशसभा सदस्य तारालामा तामाङ,वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द लगायतका नेता कार्यकर्ताहरु एमालेमा फर्किने कार्यक्रम रहेको छ। त्यसैगरी कैलालीबाट पनि काङ्ग्रेस,माओवादी,नेकपा एस,जसपा,राप्रपाका प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश हुने कार्यक्रम रहेको एमाले कैलालीले सभ्यखबरलाई जनाएको छ । दुबै जिल्लाको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा एक हजार जना बढी नेता कार्यकर्ताहरु एमालेमा भित्रीने जनाइएको छ। उहाँहरु सबैलाई प्रमुख अतिथी एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *