एमालेले बनायो अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठकले  अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा आज आइतबार बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले उक्त कमिटी बनाएको हो । कमिटीमा ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *