एमालेले मातहत कमिटीलाई उम्मेदवारको नाम सिफारिश गर्न भदौ २२ सम्म दियो समयसीमा

काठमाडौैं । नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरी यही भदौ २२ गतेसम्म केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन निर्देशन गर्ने भएको छ ।
केन्द्रीय कमिटीको हिजो २०७९ भदौ ११ गते सम्पन्न चौथो बैठकले उम्मेदवार छनौटको प्रक्रिया र मापदण्ड निर्धारण गर्नुका साथै उम्मेदवारको नाम पठाउन मिति तोकेको हो । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिश तल्ला कमिटीबाट हुने र अन्तिम टुङ्गो केन्द्रबाट लगाइने छ ।
उम्मेदवारको सिफारिस प्रक्रिया
जिल्लाको सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गर्ने । एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाहरूले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने । प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस पनि सोहीबमोजिम सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्ने । गरिएको सिफारिसमा सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो अन्य राय भए सोसमेत उल्लेख गरेर सिफारिस गर्ने । सिफारिस माथिको अन्तिम निर्णय केन्द्रले गर्ने छ ।

प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका कम्तिमा एकजना महिलासहित तीनजना उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *