एमाले निर्वाचन परिचालन कमिटीको बैठक आज : अध्यक्ष ओलीको विशेष निर्देशन हुने

काठमाडौं ! नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ ।

उक्त कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् । आजको उक्त बैठकले आगामी निर्वाचन लक्षित रहनेछ। अध्यक्ष ओलीले सबैलाई विशेष निर्देशन दिनुहुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *