अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने एमाले केन्द्रीय कमिटीको निर्णय

काठमाडौं ! नेकपा(एमाले) को हिजो र आज चलेको केन्द्रीय सदस्यहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ।

आज सम्पन्न बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा अध्यक्ष ओलीलाई भावी अध्यक्षको रुपमा अघि सारेको हो। उक्त निर्णय सर्वसम्मत रुपमा पारित भएको एमाले स्रोतले जनाएको छ। हिजोबाट चलेको केन्द्रीय कमिटीको बैठक आज सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *